आइसीपी संचालनमा आएपछि उद्योगी व्यवसायी उत्साहित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आइसीपी संचालनमा आएपछि उद्योगी व्यवसायी उत्साहित

icp

मोरङ, ७ माघ । बहुचर्चित एवं बहुप्रतीक्षित बिराटनगर एकीकृत जाँचचौकी मंगलबारदेखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्नु भएको हो । आइसीपी संचालनमा आएपछि भारतसंगको व्यापार र पारवहनमा सहज हुने भन्दै उद्योगी व्यवसायी उत्साहित भएका छन् ।

बिराटनगरस्थित जोगबनी नाकामा बनेको एकीकृत जाँच चौकी आईसीपीको उद्घाटनसंगै नेपालको स्वामित्वमा आएको छ । भारत सरकारले निर्माण सम्पन्न गरी सो चौकी नेपाललाई हस्तान्तरण गरेको हो ।

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा १ सय २९ बिघा क्षेत्रफलमा चौकी बनेको हो । जाँच चौकीको प्रधानमन्त्री केपि शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडीयो कन्फ्रेन्स मार्फत उद्घाटन गर्नु भएको हो ।

joint icp

आईसिपी संचालनमा आएसंगै निर्यात लागत घट्ने सरकारको विश्वास छ । पार्किङ स्थल, जाँच चौकी लगायतका सेवाहरु एकै ठाउँबाट हुने भएपछि आयात र निर्यातकर्तालाई सहज हुने अपेक्षा गरिएको छ । सरकारले सुनौली, नेपालगञ्ज लगायतका ठाउँमा पनि आईसीपी निर्माणका लागि योजना अगाडी सारेको छ ।

उद्योगी ब्यवसायीहरु पनि आइसीपी संचालन भएपछि खुशी देखिएका छन् । यसबाट लागत खर्च कम हुने र सामानको सुरक्षामा सहयोग पुग्ने ब्यवसायीको अपेक्षा छ

नेपाल तर्फ ८ सय ५० मिटर लम्बाइ र ५०० मिटर चौडाइमा फैलिएको आइसीपी १ सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । यस मध्ये ४० बिघामा चारलेनको कालो पत्रे सडक निर्माण गरिएको छ । लिंकरोड व्यापारी मार्ग रानीदेखि धरानसम्म ४९ किलोमिटर उत्तर-दक्षिण राजमार्गसगँ जोडिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);