जंगलमा बगैँचा निर्माण गरी केरा खेति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जंगलमा बगैँचा निर्माण गरी केरा खेति

पाल्पा, ७ माघ । सामान्यतया हामीले जंगलमा जडिवुटीको खेती भएको सुनेका छौ । तर पाल्पाको एउटा जंगलमा भने केरा खेति गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नंं ७ ज्यामिरेका जनताले स्थानिय जंगलमा बगैँचा नै निर्माण गरी केरा खेति गरेका छन् ।

केहि समय अघिसम्म उपयोग बिहिन रहेको पाल्पाको ज्यामिरेमा रहेको एउटा वन अहिले मनोरम देखिएको छ । अहिले उक्त बनमा जता हेर्यो त्यतै केराले ढाकेको छ ।

कतै केरा भर्खर पसाएको छ भने कतै पाक्ने अवस्था छ । तराईका फाँटमा जस्तै पहाडी जंगलमा पनी केरा खेतीको बगैचा बनेको छ । उक्त जंगलमा ३ बर्ष अगाडी गाई चराउने गरिएको थियो ।

जंगललाई बनमाराले ढाकेको थियो । तर उपयोग बिहिन बनेको वनलाई स्थानियले ३ बर्षमै हराभरा बनाए । अहिले ज्यामिरेका २७ घरपरिवारको सम्पत्ति नै त्यही जंगल भएको छ । गत बर्ष मात्र केरा बेचेर ज्यामिरेवासीले ३ लाख रुपैयाँ कमाए । यस बर्ष ५ लाख रुपैयाँको केरा विक्रि गर्ने लक्ष्य छ ।

१७ हेक्टर जंगलमा अहिले २५ हजार केराको बोट लगाइएको छ । हाल ८ हजार केराको बोटमा फल लागेको छ । यस बर्ष छेउछाउँमा ४ हजार कागतीका विरुवा लगाउने तयारीमा समुदाय जुटेको छ ।

राम्रो जंगलको रुपमा पनी फैलिन नसक्ने र बस्ती नजिक प्रयोगविहिन अवस्थामा रहेको बन जंगलहरुको व्यबस्थापन गरी गाउँमै आयआर्जन गराउने, कृषि तथा पशुजन्य उत्पादनमा बृद्धि गराउने अभियानका साथ कवुलियती बन कार्यक्रम संचालन गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

पाल्पामा १ सय १४ वटा कबुलियती वन कार्यक्रम मार्फत टिमुर, तेजपात, अम्रिसो, केरा खेती मार्फत विपन्न परिवारमा आयआर्जनको काम हुँदै आएको छ । कवुलियती वनमा नमुना केरा खेती कै कारण ज्यामिरे कवुलियती वनले यस बर्षको राष्ट्रिय कवुलियती वन पुरस्कार स्वरुप नगद १ लाख रुपैयाँ हात पारेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);