प्रधानमन्त्री केपी शर्मा ओलीको आज उच्चस्तरीय भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीको आज उच्चस्तरीय भेटवार्ता

pm kp oli

काठमाडौं, २४ चैत । राजकीय भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।

प्रधानमन्त्री ओलीलाई भारतीय राष्ट्रपति भवन अगाडि भारतीय सेनाले अहिले केहीबेरमा सलामी दिनेछ । सलामी ग्रहणपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोबिन्दसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपतिसँगको भेटवार्तापछि प्रधानमन्त्री ओलीले विदेशमन्त्री सुष्मा स्वराजसँग वार्ता गर्ने तय भएको छ । स्वराजसँगको वार्तापछि विहान ११ बजे राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने तालिका छ ।

त्यसपछि प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलसहित भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तामा दुईपक्षीय सहयोगका विषयमा छलफल हुनेछ । त्यसपछि सवा १२ बजे ओली र मोदीले संयुक्त रुपमा रिमोटमार्फत् वीरगञ्जस्थित एकीकृत जाँच चौकीको उदघाटन गर्ने कार्यक्रम छ । सोही अवसरमा अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्तरुपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि संयक्त पत्रकार सम्मेलन गरी दुई देशबीच भएका सहमति सार्वजनिक गरिने छ भने पत्रकार सम्मेलनमा ओली र मोदीले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीलाई इण्डिया फाउन्डेसनले आज बेलुका नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);