काठमाडौं, ५ माघ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा निशेषआज्ञा, सडक अतिक्रमण गरी बनाइएका घर टहराहरु भत्काएको भन्दै स्थानीयहरु विरोधमा उत्रेपछि निशेषआज्ञा लगाइएको प्रशासनको भनाई ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जारी गरेको विज्ञप्ति अनुसार अर्को व्यवस्था नभएसम्म बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्म निशेषआज्ञा जारी गरिएको हो । निशेषआज्ञा पूर्वतर्फ बाह्रविसे बजारबाट पूर्व ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी खोला, इलाका प्रहरी कार्यालय बाह्रविसे र दक्षिणतर्फ बाह्रविसे बजारबाट पिस्करसम्म लगाइएको छ । नगरपालिकाले वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काइदिएको थियो ।
त्यसपछि आक्रोशित बनेका सडक अतिक्रमणकारीहरुले बजार क्षेत्रमा नारा जुलुस गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका थिए । उनीहरुले नगरपालिका कार्यालयमा रहेका केही गमलासमेत फुटाइदिएको सिन्धुपाल्चोक प्रशासनले जानकारी दिएको छ ।