सूचना प्रविधि विधेयकको विरोधमा नेपाली कांग्रेस, आज विरोधपत्र बुझाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सूचना प्रविधि विधेयकको विरोधमा नेपाली कांग्रेस, आज विरोधपत्र बुझाउने

nepali congress

काठमाडौं, ५ माघ । सूचना प्रविधि विधेयकको विरोधमा नेपाली कांग्रेसले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र बुझाउने, विधेयक सच्याउन माग ।

७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत विधेयक सच्याउन माग गर्दै सरकारलाई विरोधपत्र बुझाइने कांग्रेसले प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, विधेयकका कतिपय प्रावधान सविधानको मर्मको प्रतिकुल हुने र नागरिकको मौलिक अधिकार हनन हुने हुँदा विधेयक सच्याउनु पर्ने कांग्रेसले माग गर्दै आएको छ ।

गएको पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले सविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकालेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);