यु–१९ एसिया कप क्रिकेट : मलेसियालाई १० विकेटले हराउँदै नेपाल विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

काठमाडौं, ३१ भदौ । १९ वर्ष मुनिको एसीसी इस्टर्न रिजन क्रिकेट एसिया कप छनौट प्रतियोगितामा नेपालले मलेसियालाई १० विकेटले हराएको छ।

मलेसियाले दिएको १२२ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको नेपालले एउटा पनि विकेट नगुमाइ २३.१ ओभरमा लक्ष्य पूरा गरेको हो। नेपालका लागि ओपनरद्वय सन्दिप र आसिफले १ सय २५ रनको साझेदारी गरे। सन्दिपले ७७ बलमा ५१ रन बनाए। उनले ८ चौका प्रहार गरे । यस्तै आसिफले ६५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमा समेटेको थियो। मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपाली टोलीका कप्तान दिपेन्द्रसिंह ऐरीले ५ विकेट लिए । पवन सर्राफले २ तथा रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले एक एक विकेट लिए। खेलसँगै नेपाल प्रतियोगिताको उपाधिका लागि अब सिंगापुर र हङकङबीचको बीजेतासँग खेल्ने छ।