कुशल र आसिफको अर्को सानदार ब्याटिङमा नेपालको लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कुशल र आसिफको अर्को सानदार ब्याटिङमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । कुशल भुर्तेल र आसिफ शेखले लगातार दोस्रो खेलमा सानदार ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मकटी–ट्वान्टी  शृंखला क्रिकेटमा सोमबार मलेसियालाई ९ विकेटले पराजित गरेको छ ।

नेपाललाई लगातार दोस्रो जित दिलाउनेक्रममा कुशलले अविजित ६१ र आसिफले ४२ रन बनाए । नेपाल विजयको नजिक पुगेपछि आउट भएका आसिफले २९ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । कुशलले ४१ बल खेली ३ चौका र ५ छक्का प्रहार गरे । दीपेन्द्र ६ रनमा अविजित रहे ।

यसअघि टस हारेपछि ब्याटिङमा आएको मलेसिया १६.५ ओभरमै अलआउट भएको थियो । करण केसीले ३ विकेट, सन्दीप लामिछानेले २ विकेट, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र शाहब आलमको नाममा १–१ विकेट लिएका थिए ।

दोस्रो जितेपछि नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । राउन्ड रोबिनमा एकले अर्को टोलीसँग २–२ खेल खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्ने छ । नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । मलेसियाले दुबै खेल हारेको छ । नेदरल्यान्ड्सले २ खेलमा १ मा विजय र १ मा पराजय भोगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);