चिसोका कारण डोम समुदायको जीवन कष्टकर बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चिसोका कारण डोम समुदायको जीवन कष्टकर बन्दै

dom samudaye

सप्तरी, २८ पुस । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका डोम समुदायको दैनिकी पुसको कठ्याग्रिने चिसोका कारण कष्टकर बन्दै गएको छ । व्यवस्थित वासस्थानको अभाव र गरिवीले कष्टकर जीवनयापन गर्दै आएका उनीहरुलाई जाडो महिना कहिले जाला भन्ने चिन्ताले सताएको छ । चिसो मौसममा पोषिलो खाने कुरा तथा गतिला लत्ताकपडा समेत नहुँदा चिसोले आफुहरुको जीवन कष्टकर बनेको उनीहरुको गुनासो छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ का ७० वर्षीय हलेश्वर मरिक जिविकोपार्जनकालागि बाँसको छिटी बनाउन लागि परेका छन् । पुष महिनाको कठ्याग्रिने चिसोमा पनि उनले विहान बेलुकाको छाक टार्न बाँसका सामग्री बनाउने पुख्र्यौली पेशालाई ७० वर्षको उमेरमा पनि त्याग्न सकेका छैनन् ।

५ वर्षअघि आफनो छोराको पोखरीमा डुवेर शंकास्पद मृत्यु भएपछि २ वर्षको नाती रुपेशको पालनपोषणको जिम्मा पनि उनकै काँधमा आईपरेको छ । उनलाई बृद्ध अवस्थामा पनि आफु, बालक नाती र परिवारका अन्य सदस्यलाई चिसोबाट कसरी जोगाउने भन्ने चिन्ताले पिरोलेको छ । तर उनले कतैबाट सहयोग पाएका छैनन ।
dom samudaye1
उनी जस्तै वडा नम्वर ६ का डोम परिवारमा पनि उस्तै समस्या छ । जाडो छेक्ने गतिला लुगाफाटो नहुँदा परालको घुर बालेरै पुसको ठण्डी कटाउनुपर्ने उनीहरुको बाध्यता छ । सरकारले तराइका जिल्लामा चिसो र शीतलहरबाट पीडितलाई राहतको ब्वयस्था गर्ने भने पनि सप्तरीको डोम समुदायमा कुनै सहयोग पुग्न सकेको छैन ।

गाउँका वृद्धवृद्धा र बालबालिकालाई पुसको चिसोले बढी सताएकोले राहतको व्यवस्था गरिदिन डोम समुदायको आग्रह छ । स्थानीय सरकारले पनि आफुहरुको पीडा कम गर्न कुनै सहयोग नगरेको उनीहरुको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);