जाडो बढेसँगै जनजीवन कष्टकर, उच्च सतर्कता अपनाउन डाक्टरहरुको सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

जाडो बढेसँगै जनजीवन कष्टकर, उच्च सतर्कता अपनाउन डाक्टरहरुको सुझाव

काठमाडौं । जाडो बढेसँगै जनजीवन कष्टकर बन्दै गईरहेको छ । अधिकांश मानिसहरु रुघाखोकीले ग्रस्त छन् । चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याले अस्पतालमा उपचार गराउन जाने विरामीको चाप निकै बढेको छ ।

चिसो सुरु भएसंगै रुघा खोकी, भाइरल, श्वासप्रश्वासका विरामी बढ्न थालेका छन् । उपत्यकामा मात्रै नभएर बाहिर जिल्लामासमेत विरामीले अस्पताल भरिभराउ छन् । बढ्दो चिसोले मानिसको दैनिकी कष्टकर बन्दै गएको छ । उपत्यकासहित पहाडी जिल्लामा अत्यधिक चिसो र तराईमा लाग्ने हुस्सु अनि शीतलहरले दैनिकीमा जटिलता थप्दा निम्नवर्गीय मानीसलाई त झन विहान बेलुकाकै हातमुख जोड्नसमेत हम्मेहम्मे बनाएको छ । विज्ञहरुले बिहान बेलुका बाहिर हिँडडुल नगर्न र उच्च सतर्कता अपनाउन सुझाएका छन् ।

ईन्फ्ल्युएन्जा लगायतका केही भाइरसहरू जाडोयाम सुरु भएसंगै सक्रिय हुने गर्छन् जसले स्वास्थ्यमा विभिन्न प्रकारका समस्याको जोखिम बढाउँछ । चिसोयाममा सबैभन्दा बढी श्वासप्रश्वासको समस्या हुने भएकाले यसको अधिक जोखिममा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरु पर्दछन् । मौसमविद्हरु पुषको पहिलो सातादेखि नेपालमा पश्चिमी वायुको प्रभाव देखिने र दिन छोटो हुँदा चिसो अधिक हुने बताउछन् । बढ्दो वायु प्रदुषणले घामलाई जमिनमा पर्न नदिँदा पनि चिसोका कारण स्वास्थ्य जोखिममा पर्ने उनीहरुको भनाइ छ ।

त्यसो त प्रदुषणका कारण विश्वमा तापक्रम झन झन बढ्दो छ । तर प्रदुषण बढ्दै जाँदा घाम धर्तीमा पर्न नपाउदा मानव स्वास्थ्यमा नकारात्मक समस्या पैदा गराउछ । शीतलहरले विशेष गरी तराईमा थुप्रै व्यक्तिको ज्यान जाने गरेको छ । गृहमन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई चिसोका कारण उत्पन्न हुने जोखिम न्यूनीकरणका लागि पहल गर्न निर्देशन पनि दिएको छ । सरकार थोरै मात्र सक्रिय भइदिने हो भने चिसोकै कारण मानिसहरुले अकालमा ज्यान गुमाउन पर्ने थिएन कि ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);