बढ्दो प्रदुषणले चिसोमा स्वास्थ्य समस्या झनै जटिल बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बढ्दो प्रदुषणले चिसोमा स्वास्थ्य समस्या झनै जटिल बन्द

बिन्दु अधिकारी \ माउण्टेन टेलिभिजन एचडी। 

काठमाडौँ, पौष २०।  चिसो सुरु भएसंगै रुघा खोकी, भाइरल, श्वासप्रश्वासका विरामी बढ्न थालेका छन् । उपत्यकामा मात्रै नभएर बाहिर जिल्लामासमेत विरामीले अस्पताल भरिभराउ छन् । बढ्दो चिसोले मानिसको दैनिकी कष्टकर बन्दै गएको छ। उपत्यकासहित पहाडी जिल्लामा अत्यधिक चिसो र तराईमा लाग्ने हुस्सु अनि शीतलहरले दैनिकीमा जटिलता थप्दा निम्नवर्गीय मानीसलाई त झन विहान बेलुकाकै हातमुख जोड्नसमेत हम्मेहम्मे बनाएको छ। विज्ञहरुले बिहान बेलुका बाहिर हिँडडुल नगर्न र उच्च सतर्कता अपनाउन सुझाएका छन् ।

ईन्फ्ल्युएन्जा लगायतका केही भाइरसहरू जाडोयाम सुरु भएसंगै सक्रिय हुने गर्छन् जसले स्वास्थ्यमा विभिन्न प्रकारका समस्याको जोखिम बढाउँछ। चिसोयाममा सबैभन्दा बढी श्वासप्रश्वासको समस्या हुने भएकाले यसको अधिक जोखिममा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरु पर्दछन् । मौसमविद्हरु पुषको पहिलो सातादेखि नेपालमा पश्चिमी वायुको प्रभाव देखिने र दिन छोटो हुँदा चिसो अधिक हुने बताउछन् । बढ्दो वायु प्रदुषणले घामलाई जमिनमा पर्न नदिँदा पनि चिसोका कारण स्वास्थ्य जोखिममा पर्ने उनीहरुको भनाइ छ।

त्यसो त प्रदुषणका कारण विश्वमा तापक्रम झन झन बढ्दो छ, तर प्रदुषण बढ्दै जाँदा घाम धर्तीमा पर्न नपाउदा मानव स्वास्थ्यमा नकारात्मक समस्या पैदा गराउछ। शीतलहरले विशेष गरी तराईमा थुप्रै व्यक्तिको ज्यान जाने गरेको छ। गृहमन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई चिसोका कारण उत्पन्न हुने जोखिम न्यूनीकरणका लागि पहल गर्न निर्देशन पनि दिएको छ। सरकार थोरै मात्र सक्रिय भइदिने हो भने चिसोकै कारण मानिसहरुले अकालमा ज्यान गुमाउन पर्ने थिएन कि।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);