एजेन्सी, २३ पुस । श्रीलंकाविरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ ।
इन्डोरले मंगलबार भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो । जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य भारतले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । भारतको लागि लोकेश राहुलले ४५ रन बनाए । यस्तै श्रेयस आयरले ३४ रन जोड्दा शिखर धवनले ३२ रन बनाए ।
कप्तान विराट कोहली २४ रनमा अविजित रहे । श्रीलंकाका वाविन्दु हसरंगाले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। श्रीलंकाका कुशल परेराले ३४ रन बनाए। अभिस्का फर्नान्डोले २२ रन जोड्दा दनुस्का गुनाथिलकाले २० रन बनाए । भारतका सार्दुल ठाकुरले ३ विकेट लिए । नाभदिप सैनी र कुलदिप यादवले २÷२ विकेट लिए ।