सोमालीयाका एक सांसदले यो घटनामा ९० जना भन्दा बढीको मृत्यु भएको आशंका गरेका छन्
एजेन्सी, १२ पुस । सोमालीयाको राजधानी मोगादिशुमा ट्रकबम विस्फोटबाट ३० जनाको ज्यान गएको छ । मोगादिशुको दक्षिण पश्चिम क्षेत्र स्थित एउटा सुरक्षा चौकी नजिक शनिबार भएको उक्त कारबम विस्फोटबाट ३० जनाको ज्यान जानुका साथै ५० भन्दाबढी घाइते भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
कार्यालय समयमा निकै भिडभाडबीच विस्फोटक पदार्थले भरिएको ट्रक विस्फोट गराएर उक्त आक्रमण भएको सोमाली सुरक्षाकर्मिहरुले बताएका छन् । सोमालीयाका एक सांसदले यो घटनामा ९० जनाभन्दाबढीको मृत्यु भएको आशंका गरेका छन् ।
तर त्यसको आधिकारीक पुष्टि हुन नसकेको संचार माध्यमहरुले जनाएका छन् । आक्रमणको जिम्मेवारी कसैले नलिएपनि उक्त विस्फोट विद्रोही समुह अलकायदा सम्बद्ध आल शाबाबले गरेको हुन सक्ने सोमालीया प्रहरीले आशंका गरेको छ ।