मनाङ ‘ए डिभिजन’को शिर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

मनाङ ‘ए डिभिजन’को शिर्ष स्थानमा

manang a division

काठमाडौं, १० पुस । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दीले अपराजित यात्रा कायमै राखेको छ । सातदोबाटो स्थित एन्फा मैदानमा बिहिबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई एक शुन्य गोल अन्तरले हराएर लगातार तेस्रो जित निकालेको हो ।

मनाङको जितमा जगजित श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो । खेलको २५ औं मिनेटमा जगजित श्रेष्ठले मनाङका लागि गोल गरेका थिए । जितसंगै ९ अंक बटुलेर मनाङ लिग तालिकाको पहिलो स्थानमा रहेको छ ।