राष्ट्र बैंकले करिब २५ करोडको ऋणपत्र निष्काशन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्र बैंकले करिब २५ करोडको ऋणपत्र निष्काशन गर्ने

rastra-bank

काठमाडौं, २७ मंसिर । नेपाल राष्ट्र बैंकले पुस १ गतेबाट वैदेशिक रोजगारका लागि ऋणपत्र जारी गर्ने भएको छ । शुक्रवार राष्ट्र बैंकले सुचनामार्फत वैदेशिक रोजगार ऋणपत्र जारी गर्ने नीति अनुरूप पहिलो चरणमा करिव २५ करोडको ऋणपत्र निष्काशन गर्न लागेको जनाएको छ ।

जसको ब्याज दर १० प्रतिशत कायम गरिएको छ । ब्याज भुक्तानी प्रत्येक ६-६ महिनामा हुने प्रावधान छ । उक्त ऋणपत्र वैदेशिक रोजगारमा गएकाहरूको परिवारले नेपालमै पनि खरीद गर्न सक्नेछन् । विदेशमा कमाएको पैसालाई नेपालमा लगानी गर्न सकियोस् भन्ने हिसाबले ऋणपत्र जारी गरिँदै आएको राष्ट्रबैकले जनाएको छ ।

राष्ट्र बैंकले ब्याजदर बढाएपनि यसमा आकर्षण भने बढ्न सकेको छैन । सरकारले भने एक अर्ब रूपैयाँ वैदेशिक रोजगार ऋणपत्रमार्फत आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);