संचार जगतमा अग्रणी भूूमिका निर्वाह गर्दै आएको माउन्टेन टेलिभिजन १० औँ बर्ष पुुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

संचार जगतमा अग्रणी भूूमिका निर्वाह गर्दै आएको माउन्टेन टेलिभिजन १० औँ बर्ष पुुरा

mountain tv

काठमाडौं, २६ मंसिर । संचार जगतमा अग्रणी भूूमिका निर्वाह गर्दै आएको माउन्टेन टेलिभिजनले आफ्नो १० औँ बर्ष गाँठ पुुरा गरेको छ । विभिन्न आरोह अवरोहलाई चुुनौती दिँदै देशकै चर्चित न्युुज च्यानल बन्न सफल यस माउन्टेन टेलिभिजनले सरकारको समृद्धिका लागि संचार माध्यम भन्ने मुल नारालाई आत्मसात गर्दै दर्शक माझ ताजा अनि प्रभावकारी समाचार संप्रेषण गर्न अहोरात्र खट्दै आएको छ ।

राज्यमा भए गरेका नकारात्मक कार्य प्रति खरो रुपमा प्रस्तुुत हुुँदै सरकारलाई घचघच्याउँदै आएको यस टेलिभिजन दर्शकको मनमुटुमा रहँदै आएको छ । राजनीतिक, सामाजिक आर्थिक तिनै क्षेत्रमा निरन्तर कलम चलाउँदै यस टेलिभिजनले समृद्ध नेपालका कुना कन्दरामा रहेका र भए गरेका घटनालाई आम दर्शकबीचमा पस्कँदै आएको पनि एक दशक पुरा भएको छ । यसै अवसरमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुुष्पकमल दाहालले माउन्टेन टेलिभिजनले संचार जगतमा नै अग्रणी भूूमिका निर्वाह गरेको बताउँदै समृद्धिका लागि संचारको भूूमिका महत्वपूूर्ण रहेको बताउनुु भएको छ ।

उहाँले संघीय लोकतान्त्रीक पद्धतीलाई संस्थागत गर्न संचार माध्यमको भूमिका प्रमुख रहेको बताउनुुभयो । यता पूर्व प्रधानमन्त्री समेत रहिसक्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवाले संचार जगतले निभाउनुपर्ने संपुर्ण कर्तव्य यस टेलिभिजनले बहन गरेको बताउनुहुँदै आगामी दिनमा उत्तरोत्तर प्रगतीको शुुभकामना दिनुुभयो ।

पद्मा मिडिया नेटर्वकका संस्थापक तथा अध्यक्ष राजु कँडेलले पद्मा मिडियाद्वारा संचालित माउन्टेन र विजनेश टेलिभिजनको सफलतामा सबै सरोकारवाला तथा सहकर्मीको उल्लेख्य योगदान रहेकोे बताउँदै टेलिभिजनको यात्रा दुरगामी रहने उल्लेख गर्नुभयो ।

२०६७ सालमा स्थापना भई सत्य तथ्य र निष्पक्ष समाचार संप्रेषण गर्दै आएको यस माउन्टेन टेलिभिजले एक दशक पुरा गर्नु मात्र नभएर राज्यको चौथो अंगको भुमिका निर्वाह गर्दै आएको छ । सरकारका हरेक काम कारबाहीमा नजर राख्दै जनतालाई सुशुुचित गर्न यस टेलिभिजनले समाचारका साथसाथै मिसन न्युज, राजनीति र विकास जस्ता कार्यक्रम मार्फत जनताको मनमष्तिकमा बस्न सफल हुँदै आएको छ । दर्शकको माया र सहकर्मीको उल्लेख्य साथ सहित पद्मा मिडिया ग्रुपद्धारा संचालित माउन्टेन टेलिभिजनले दुरगामी यात्रा तय गरोस भनि शुभकामना दिनु भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);