काठमाडौंमा विशेष कृषि व्यापार मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

काठमाडौँ, २९ भदौ । व्यवसायीक कृषिको विकास र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ काठमाडौंमा विशेष कृषि व्यापार मेला सुरु भएको छ ।

बिहिबारबाट काठमाडौस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको कृषि व्यापार तथा लगानी सम्मेलन तथा प्रदर्शनीमा माछा पालन, फलफूल खेती, कुखुरा पालन, मौरी पालन, गाईवस्तु पालन तथा नगदेबाली आदिको बारेमा जानकारी गराइने छ । कृषि सामाग्री खरिदकर्ता, लगानीकर्ता, उद्यमी र कृषकलाई प्रोत्साहन गर्न प्रदर्शनी तथा सम्मेलनको आयोजना गरिएको आयोजक हाउस अफ राजकर्णिकारले जनाएको छ ।

प्रर्दशनीमा १ सय २० प्रर्दशनकर्ता रहेको आयोजकले जनाएको छ । प्रर्दशनी तथा सम्मेलन भदौ ३१ गतेसम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);