बाह्रै महिना सुपथ मुल्य पसल सञ्चालन गर्न सरकारसँग माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, अप्सरा गौतम, २९ भदौ । चाडपर्वलाई लक्षित गरी सरकारले सञ्चालन गरेको सूपथ मुल्य पसलले उपभोक्तालाई केहीहदसम्म भएपछि राहत मिलेको छ ।

न्यून आय भएकाहरुका लागि लक्षित गरी खुलेका सूपथ मुल्य पसलमा दशैंका लागि सामान खरिद गर्न भीड लागेको छ । सामान किन्न पुगेका उपभोक्ताहरुले अन्य समयमा पनि सुपथ मुल्य पसल सञ्चालन गर्न सकारसँग आग्रहसमेत गरेका छन् ।

चाडपर्वको मौका छोपेर व्यवसायीहरुले कालोबजारी गर्दा न्यून आय भएकाहरु समस्यामा पर्ने गर्छन । तीनै न्यून आय भएकाहरुलाई लक्षित गरी सरकारले दशैं, तिहार तथा छठ पर्वका अवसरमा सञ्चालनमा ल्याएको सूपथ मूल्य पसलले उनीहरुलाई केही हदसम्म भएपनि राहत पु¥याएको छ ।

सामान किन्न पुगेकाहरुले चाडबाडको बेलामा मात्र नभइ अन्य समयमा पनि यस्ता पसल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।बजार मूल्य भन्दा केही सस्तो भएपनि सूपथ मुल्य पसलमा गुणस्तरीय सामान नभएको केही उपभोक्ताहरुको गुनासो छ । तर पसलमा राखिएका उपभोग्य समान गुणस्तरीयता मापन भएर आएको खाद्य प्रविधिकको दाबी छ ।

सूपथ मुल्य पसल सञ्चालन गरेको साल्ट ट्रेडिङ कर्पाेरेसनले चाडबाडका बेला उपभोग्य बस्तुको मुल्य आकासिने र कालोबजारी हुने भएकाले सूपथ मूल्य पसलले उपभोक्तालाई राहत पुगेको जनाएको छ ।

चाडबाडको समयमा यस्ता पसल खोलीनु राम्रो हो । तर सस्तोको नाममा गुणस्तरहिन वस्तु विक्रिवितरणमा भने नियन्त्रण गर्नुपर्छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);