उपत्यकासहित देशका ७३ स्थानमा सहुलियत पसल सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उपत्यकासहित देशका ७३ स्थानमा सहुलियत पसल सञ्चालन

supath mulya pasal

अप्सरा गौतम
काठमाडौं, २४ भदौ । सरकारले नजिकिंदो दशैं, तिहार, छठ लगायत ठूला चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि काठमाडौं उपत्यकासहित देशका ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा साल्टट्रेडिङ कर्पाेरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डीडीसी) ले सहुलियतमा सामान उपलव्ध गराउने छन । यसरी चाचडपर्वलाई लक्षित गरी सरकारले सुपथ मुल्य पसल संचालन गरेका कारण केहि सहुलियत भएको भन्दै उपभोक्ता खुसी देखिन्छन ।

चाडबाडका बेला उपभोक्ता ठगिने कुरालाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकाका २० ठाउँसहित ७३ वटा सहुलियत पसल सञ्चालन गरेको छ । भदौ २३ बाट शुरु भएको यस्ता पसल कात्तिक १६ गतेसम्म सञ्चालनमा आउने छ ।

वाणिज्य विभागका अनुसार काठमाडौं उपत्यकामा कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर लगायत २० ठाउँमा सहुलियत पसल हुनेछन् । त्यसैगरी, साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा तीन वटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्ने छ भने उपत्यका बाहिर २४ वटा पसल रहने छन् ।

काठमाडौं उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहानलगायत मख्य सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालन गर्नेछ । बाणिज्य विभागका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २३, साल्ट ट्रेडिङ कर्पोरेसनले २४ र दुग्ध विकास संस्थानले १५ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछन ।

सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ । सुपथ मूल्य पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइने छ । त्यसतै ट्रेडिङले प्रतिकिलो नुनमा २ रुपैयाँ र चिनीमा ५ रुपैयाँ छुट दिनेछ ।

दुग्ध विकास संस्थानले प्रतिकिलो घ्यूमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिनेछ । सरकारले संचालन गरेको सुपथ मुल्य पसलबाट निम्न वर्गिय उपभोक्तालाई भन्दा पनि पहुचवाला र ब्यापारीहरुलाई फाईदा पुग्ने उपभोक्ता अधिकारकर्मीको भनाई रहेकोछ । सरकारले गरेको यस काम उपभोक्ताका हितमा भन्दा पनि देखावटी रुपमा मात्र भएको अधिकारकर्मी बताउँछन ।

सरकारले केहि रकम छुट सहितको सुपथ मुल्य पसल संचालन गरेपछि उपभोक्ताकर्मी असन्तुष्ठ देखिएपनि निम्न वर्गिय सर्वसाधारणका लागि भने केहि भएपनि चाडपर्वमा राहात मिल्ने सर्वसाधारणको भनाई छ ।

चाडपर्वका समयमा बजारमुल्य बढने, म्याद गुज्रीएका समानबाट उपभोक्ताहरु ठगिने क्रम अरु समयको तुलनामा बढी नै हुन्छ । सरकारले चाडपर्वलाई लक्षित गरी यसरी सुपथ मुल्य पसल संचालनमा ल्याएपछि निम्न वर्गिय उपभोक्ताहरुका लागि भने केहि सहज भएको छ । तर सरकारले यस्ता पसलहरुको संख्यामा अझै थप गर्दै लगेमा धेरै संख्यामा उपभोक्ताहरुले यसबाट लाभ लिन सक्ने छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);