खुले सहुलियत पसल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

खुले सहुलियत पसल

pasal

काठमाडौं, २४ भदौ । दसैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले सोमबारदेखि एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष झै यस्ता सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, र दुग्ध विकास संस्थानद्वारा संयुक्त रूपमा सञ्चालित एकीकृत सहुलियत मूल्य पसलको आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा उहाँले सहुलियत मूल्य पसल र यसको उद्देश्य अनुरूप आमउपभोक्तालाई प्रत्यक्ष राहत हुने गरी सामान राख्न पनि सम्बन्धित संस्थानलाई निर्देशन दिनुभयो । कार्यक्रममा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले चाडपर्व लक्षित यस्ता सहुलियत मूल्य पसलबाट उपभोक्तालाई निकै राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका राष्ट्रिय अध्यक्ष प्रेमलाल महर्जनले सरकारले सञ्चालनमा ल्याएका सहुलियत मूल्य पसलको उद्देश्य राम्रो भए पनि उपलब्धी सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो ।

साथै उहाँले सरकारले एकातर्फ दूध र दुग्धजन्य वस्तुको मूल्य बढाउने र अर्कोतर्फ सहुलियत पसल सञ्चालन गरेर सरकारले दोहोरो भूमिका खेलेको आरोप लगाउनुभयो । कार्यक्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले चाडपर्वलाई केन्द्रित गरेर कम्पनीले उपत्यकासहित देशका विभिन्न २३ स्थानमा सहुलियत पसल सञ्चालन हुने जानकारी दिनुभयो । कम्पनीले मसिना तथा बासमती चामल, फापर, कर्णालीको सिमी प्रतिकेजीमा पाँचदेखि १० रुपियाँ छुट गरिएको जानकारी गराउनुभयो । यस्तै कम्पनीले उपत्यका बाहिरबाट तीन हजार खसीबोका र च्याङ्ग्रा लाई सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको पनि उहाँले जानकारी गराउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);