चाडवाडलक्षित सहुलियत पसल आजदेखि खुल्दै, कहाँ कहाँ छ बिक्रिकेन्द्र ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

चाडवाडलक्षित सहुलियत पसल आजदेखि खुल्दै, कहाँ कहाँ छ बिक्रिकेन्द्र ?

काठमाडौँ, २१ असोज । सरकारले चाडपर्वलाई लक्षित गरेर आजेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकासँगै बाहिरी जिल्लामा सहुलियत पसल सञ्चालन गर्न लागिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सञ्चालनसम्बन्धी कार्ययोजना तयार गरी सहुलियत पसल सञ्चालन गर्न लागेको हो । दसैँ, तिहार, छठ पर्वलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।

सहुलियत पसलमा राखिने सामानमा उपभोक्ताले २ रुपियाँदेखि ५० रुपियाँसम्म छुट पाउनेछन् । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन ल्याएको मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थानमार्फत वितरण हुने दैनिक उपभोग्य सामानमा सहुलियत मूल्यमा वितरण गरिने छ ।

सबै किसिमका चामल, दाल, गहुँ आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर, भटमासको तेल, चिउरा प्रतिकेजी र प्रतिलिटरमा सात रुपियाँ छुट दिइएको छ । यस्तै कर्णालीको सिमीरगेडागुडी, फापरको दाना, चिनो कागुनो र उवा प्रतिकेजीमा १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । यस्तै साल्ट्र टे«ड्रिङ कर्पोरेसनबाट वितरण हुने नुन प्रतिकेजीमा दुई रुपियाँ, तेल र चिउरा प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरिएको छ ।

चिनीमा भने छुटको व्यवस्था गरिएको छैन । यस्तै दुग्ध विकास संस्थानले वितरण गर्ने घिउ प्रतिकेजीमा २० रुपियाँ, पनिर दुई सय ग्राममा २० रुपियाँ र पनिर पाँच सय ग्राममा ५० रुपियाँ छुटको व्यवस्था गरिएको छ । खाद्य कम्पनीको सहुलियत पसल काठमाडौँको थापाथली, रामशाहपथ, ललितपुरको नक्खु, भक्तपुरको सूर्यविनायक गरेर चार स्थानमा राखिने छ । यस्तै उपत्यकाबाहिरका ४२ जिल्लाका ४८ स्थानमा राखिने मन्त्रालयले जनाएको छ ।

यस्तै साल्ट्र टे«डिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन वटा घुम्ती पसलमार्फत सहुलियत पसल सञ्चालन गरिने छ । बाहिरी जिल्लामा रहेका बिक्री केन्द्रबाट समेत सहुलियत मूल्यमा खाद्यान्न वितरण गरिने छ । यस्तै दुग्ध विकास संस्थानले एकीकृत पसललगायत लैनचौर, न्युरोड र खुमलटारबाट दुग्धजन्य पदार्थ बिक्री गरिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);