काठमाडौं, १९ मंसिर । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने विषयमा छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७२–७३ र २०७३–७४ ब्याजका मेडिकल विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने सम्बन्धमा छानबिन गर्न बिहीबार कार्यदल गठन गरेको हो । यसअघि मंसिर १० गते सरकार र मेडिकल कलेजबीच भएको सहमतिमा एमबीबीएस तथा बीडीएसका तेस्रो र चौथो वर्षका विद्यार्थीहरुको माग पुरा नभएको भन्दै विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।
विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम नरोकेपछि आयोगले बिहीबार एक विज्ञप्ती जारी गर्दै शुल्क फिर्ता हुनुपर्ने विषयमा अयोगले काम गरिरहेको जानकारी दिएको छ ।




