‘चिया पिउन आउँछु’ भन्दै प्रचण्ड पुगे देउवा निवास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

‘चिया पिउन आउँछु’ भन्दै प्रचण्ड पुगे देउवा निवास

prachanda dahal

काठमाडौं, २० मंसिर । अन्नपूर्ण पोष्ट दैनिकका अनुसार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । बुधबार साँझ दाहालले देउवालाई फोन गरे – म तपाईं कहाँ भोलि बिहान चिया खान आउन खोजेको छु ।

देउवाले पनि दाहाललाई सहजै स्वागत गर्दै भने, ‘आउनुहोस्, सँगै बसेर चिया पिउँला ।’ बुधबार साँझको संवादपछि बिहीबार बिहान धनगढी जानअघि दाहाल बूढानीलकण्ठ पुगे । बिहान सवा नौ बजेतिर बूढानीलकण्ठ पुगेका दाहाल र देउवाबीच झण्डै आधा घण्टा छलफल भयो । छलफलमा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी थिए ।

१२ असारमा ललितपुरको कुपन्डोलस्थित होटल समिटमा बेलुकी काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको पहलमा दाहाल र देउवाबीचमा एक्ला एक्लै गोप्य भेटवार्ता भएको थियो । त्यसयता यी दुई नेताबीच छुट्टाछुट्टै भेटघाट भएको थिएन । नेता लेखेकले बिहीबार बिहानको भेट सत्ता र प्रतिपक्षका नेताबीच सामान्य शिष्टाचार निर्माणका लागि भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);