काठमाडौं, १७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागमा मंगलबार अहिलेसम्म नेपालले थप ५ वटा स्वर्ण पदक जितेको छ । मंगलबार नेपालले उसुमा २, पुरुष डुवाथलन, कराते र महिला १० हजार मिटर दाचैडमा स्वर्ण पदक जितिसकेको छ ।
सोमबार १५ स्वर्ण पदक जितेको नेपाल अहिलेसम्म २० स्वर्ण सहित पहिलो स्थानमा रहेको छ । उसुमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक हात पारेका छन् ।
यसैगरी डुवाथलनमा हिमाल टमटाले, करातेमा नविन रसाईलीले र महिला १० हजार मिटर दैौडमा सन्तोषी श्रेष्ठले नेपालका लागि स्वर्ण पदक जितेका छन् । ।