जारको पानी खान अयोग्य : न्यूनतम मापदण्ड पूरा नगरी बजारमा बिक्री वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जारको पानी खान अयोग्य : न्यूनतम मापदण्ड पूरा नगरी बजारमा बिक्री वितरण

water jar

काठमाडौं, १३ मंसिर । ‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारका पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।

पर्याप्त प्रशोेधनबिनै पानी बजारमा पठाइएको पाइएको छ । त्यस्तै, लामो समयदेखि मापदण्डविपरीतका जारमा पानी बिक्री गरेको पत्ता लागेको अनुगमनमा संलग्न निकायले बताएको छ । यस क्रममा अधिकांश कम्पनीले न्यूनतम मापदण्ड र पूर्वाधारबिनै पानी बिक्री वितरण गरिरहेको पाइएको हो ।

अनुगमन टोलीका संयोजक तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठले यस्ता कम्पनीका सम्बन्धमा प्रशासनमा उजुरी परेको र अनुगमन भइरहेको बताए । ‘अनुगमनका क्रममा उपभोक्ता स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको पाइएको छ । यस्ता उत्पादकलाई कारबाहीको दायरामा ल्याउनेछौं,’ श्रेष्ठले भने । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);