काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकारले देशको सीमा रक्षा गर्न नसकेको आरोप लगाउनुभएको छ ।
सोमवार दाङको तुलसीपुरमा संचारकर्मीसंगको कुराकानीमा बोल्दै नेता पौडेलले सीमा मिचिएको विषयमा सरकार गम्भीर नभएको अरोप लगाउनु भएको हो ।
उहाँले भारतले निकालेको नक्साको बारेमा कुटनीतिक रुपबाट समाधान गर्नुको सट्टा सरकारले अनावश्यक रुपमा भाषण मात्रै गर्दै हिडेको आरोप लगाउनुभयो ।
नेता पौडेलले बर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मुल्य मान्यतालाई उल्ट्याउँदै गएको समेत आरोप लगाउनुभयो । उहाँले सरकार वंश परम्परा र नातावादलाई महत्व दिएर उपचुनावमा लागेको दाबी समेत गर्नुभयो । उहाँले देशमा शान्ति सुरक्षा र सुशासन कायम गर्न सरकार असफल भएको आरोप समेत लगाउनुभयो ।