लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान आजबाट सुरु

laigik HINSA

काठमाडौं, ९ मंसिर । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान आजबाट सुरु भएको छ । लिंगका आधारमा मान्छेमाथि हुने सबै खाले हिंसा विरुद्ध हरेक वर्ष अन्तराष्ट्रियस्तरमा १६ दिने अभियान मनाउन थालिएको हो ।

यो वर्ष ‘समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाउन थलिएको छ । देशभर बलात्कारका घटनामा वृृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

HINSA

राष्ट्रव्यापी रुपमा १६ दिने अभियान सञ्चालन गर्न सातै प्रदेश, प्रदेश सभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख उपप्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव तथा सरोकारवालालाई अभियान अवधिभर विभिन्न कार्यक्रममा सहभागी गराउने मन्त्रालयको जनाएको छ ।