इजरायली प्रधानमन्त्री नेतान्याहुमाथि भ्रष्टाचारको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इजरायली प्रधानमन्त्री नेतान्याहुमाथि भ्रष्टाचारको आरोप

israel benjamin netanyahu

एजेन्सी, ६ मंसिर । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारका ३ वटा आरोप लागेको छ । इजरायलको महान्यायधिवक्ता कार्यालयले प्रधानमन्त्री नेतान्याहुमाथि भ्रष्टाचार सम्बन्धि ३ वटा आरोप लगाएको संचारमाध्यमहरुले जनाएका छन् ।

नेतान्याहुमाथि धनाढ्य व्यापारीबाट घुस लिएको, जालसाझी गरेको र निष्ठा गुमाएको आरोप लागेको छ । इजरायलका महान्यायधिवक्ता जनरल एभिखाइ म्यानडेल्ब्लीटले निकै दुखका साथ प्रधानमन्त्री नेतान्याहुमाथि भ्रष्टाचारका आरोप लगाउनु परेको तर कानुन भन्दा माथि कोहि नहुने प्रतिक्रिया दिएका छन् ।

नेतान्याहुले भने ती आरोपमा कुनै सत्यता नभएको भन्दै आफूले पद त्याग नगर्ने स्पष्ट गरेका छन् । इजरायलमा सरकार गठनका प्रयास विफल भएर नयाँ निर्वाचन गर्नुपर्ने अवस्था आइरहेको बेला प्रधानमन्त्री माथि भ्रष्टाचारका आरोप लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);