काठमाडौं, ५ मंसिर । नेपाली फुटबल टिम स्वदेश फिर्ता भएको छ । भुटानमा कुवेतविरुद्धको विश्वकप छनोट अन्तर्गतको खेल खेलेर नेपाल फर्किएको टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्वाङले स्वागत गरेका थिए ।
दशरथ रंगशाला समयमै पुनर्निर्माण नसकिए पछि नेपाल र कुवेतबीचको विश्वकप छनोट खेल भुटानमा खेलाइएको हो । उक्त खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको थियो ।
विश्वकप छनोट अन्तर्गत नेपालले अहिले होम गेम खेलिरहेको छ । नेपालले अब काठमाडौंमा अस्ट्रेलिया, जोर्डन र चाइनीज ताइपेईसँग खेल्ने छ । नेपालले चाइनीज ताइपेईलाई मात्रै पराजित गर्दै तीन अंक लिएको छ भने अरु खेलमा पराजित हुँदै अंक गुमाएको छ ।




