काठमाडौं, १ मंसिर । काठमाडौंमा ‘बैंकिङ, बीमा र पूँजी बजार प्रदर्शनी’ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा आइतबारबाट २ दिने सो प्रदर्शनी सुरु भएको हो ।
प्रदर्शनीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले प्रदर्शनीबाट लाभ लिन सबै उद्योगी, व्यवसायीहरुलाई आग्रह गर्नु भयो । बैंक तथा वित्तिय संस्थाका सबै जानकारीहरु एकैथलोमा पाउने भएकाले यसबाट उद्योगी व्यवसायीहरुले ठूलो लाभ लिन सक्ने उहाँको भनाई छ ।
प्रदर्शनीमा ४८ वटा बैंक तथा वित्तिय संस्थाहरुको स्टल राखिएका छन । गभर्नर नेपालले सो प्रदर्शनीको सदुपयोग गरेर पूँजी बजार र विमाबारे आवश्यक जानकारी लिन पनि सबै पक्षलाई आग्रह गर्नुभयो ।