'उपनिर्वाचन हुने जिल्लामा स्थानीय पूर्वाधार कार्यक्रमको बजेट नबाँड्न निर्देशन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

‘उपनिर्वाचन हुने जिल्लामा स्थानीय पूर्वाधार कार्यक्रमको बजेट नबाँड्न निर्देशन’

election-comission

काठमाडौं, १ मंसिर । निर्वाचन आयोगले उपनिर्वाचन हुने जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट र बजेट बाँडफाँट नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रममा समावेश भएको स्थानीय पूर्वाधार विकास साझेदारी लगायतका कार्यक्रमको योजना छनोट र बजेट बाडफाँट आचारसंहिता विपरीत हुने उल्लेख गरेको छ ।

केही दिनअघि नेपाली कांग्रेसले सत्तारुढ नेकपाका सांसदहरुले उपनिर्वाचन हुने क्षेत्रमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट, बजेट खर्च लगायतका काम गरी चुनाव प्रभावित पार्न खोजेको आरोप लगाएको थियो ।

निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद –३ को दफा ७ बमोजिम नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थाको वार्षिक बजेटमा समावेश भएको कार्यक्रम बाहेक नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न, सञ्चालन गर्न र त्यसका लागि जनशक्ति र साधन स्रोत परिचालन गर्नु निर्वाचन आचार संहिता विपरीत हुने बिज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन गर्ने वा त्यसको अनुमति दिनु पनि आचारसंहिता विपरीत हुने आयोगले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);