धनगढी, २८ कात्तिक । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले भारतले अतिक्रमण गरेको भुमी नेपालकै भएको बताउनु भएको छ ।
बिहिबार कैलालीको धनगढी विमानस्थलमा संचारकर्मीसंग कुराकनी गर्दै देउवाले लिपुलेक, कालापानि, लिम्पियाधुरा लगाएतका भुमी नेपालकै भएको बताउनु भएको हो ।
उहाँले भारतले अतिक्रमण गरेको नेपालका ती भूभाग फिर्ता ल्याउन सरकारले तत्काल कुटनीतिक पहल गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
सभापति देउवाले आगामी मंसीरमा हुने उप निवार्चनमा नेपाली कांग्रेस एकजुट भएर लाग्नु पर्ने समेत बताउनुभयो ।




