ट्रम्पविरुद्ध महाअभियोग सम्बन्धी अनुसन्धानको सार्वजनिक सुनुवाइ सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

ट्रम्पविरुद्ध महाअभियोग सम्बन्धी अनुसन्धानको सार्वजनिक सुनुवाइ सुरु

Donald Trump

एजेन्सी, २८ कात्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग सम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ सुरु भएको छ । आउँदो वर्ष पुनः निर्वाचित हुने सम्भावना बढाउन युक्रेनसँग अनुचित रूपमा सहयोग मागेको आरोपमा ट्रम्पमाथि महाअभियोग लागेपछि अनुसन्धानको लागि सुनुवाई सुरु गरिएको हो ।

बयान दिने पहिलो व्यक्ति युक्रेनस्थित कार्यवाहक अमेरिकी राजदूत बिल टेलर छन् । सुनुवाइमा टेलरले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडन र उनका छोराविरुद्ध कियभले भ्रष्टाचार सम्बन्धी अनुसन्धान सुरु नगर्दासम्मको लागि युक्रेनलाई दिने अमेरिकी सहयोग रोकेको बताएका थिए । सुनुवाइका क्रममा अहिलेसम्म गोप्य रूपमा राखिएका सबै प्रमाणहरू अब प्रत्यक्ष रूपमा प्रशारण गरिने छ । राष्ट्रपति ट्रम्पले भने त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);