सांसदभन्दा शक्तिशाली वडाध्यक्ष ! | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

सांसदभन्दा शक्तिशाली वडाध्यक्ष !

koholpur maa prachanda

कोहलपुर नगरपालिका-६को अध्यक्षलाई जिताउन पार्टीका केन्द्रीय नेताको होडबाजी।

काठमाडौं, २८ कात्तिक । १९ कार्तिकमा सत्तारुढ नेकपाले कोहलपुरमा निकै तामझामका साथ चुनावीसभा गर्‍यो। संसदीय चुनाव भन्दा बढी प्राथमिकता दिइएको झल्को मिल्ने सभाका प्रमुख वक्ता थिए – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। साथमा थिए, नेकपा प्रदेश-५ कमिटी अध्यक्ष ओनसरी घर्ती, बाँके इन्चार्ज दिनेश यादव र जिल्ला अध्यक्ष आइपी खरेल। सन्दर्भ थियो, कोहलपुर–६को वडाध्यक्ष पदको निर्वाचन।

जहाँ नेकपाका रामशरण थारु उम्मेदवार छन्। पार्टीको वक्ता प्राथमिकता हेर्दा नेकपाले वडाध्यक्षको जितलाई निकै प्रतिष्ठाको विषय बनाएको देखिन्छ। २० कार्तिकमा कोहलपुरमै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनावी सभामार्फत पार्टीका उम्मेदवार श्रीधर सुवेदीका लागि भोट मागे। पार्टीका केन्द्रीय उपाध्यक्ष प्रेमबहादुर भण्डारी, महामन्त्री डा.धवल शम्शेर राणा र जिल्ला अध्यक्ष ऋषिराज देवकोटा चुनावी प्रचारमा देखिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।