तिहारपछिको पहिलो शेयर कारोबार नकारात्मक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तिहारपछिको पहिलो शेयर कारोबार नकारात्मक

काठमाडौं, १४ कात्तिक । तिहारपछिको पहिलो शेयर कारोबार नकारात्मक देखिएको छ । बिहिबार शेयरबजार परिसूचक नेप्से ३दशमलव १७ अंकले घटेर एक हजार एक सय ४६ दशमलब एक सात अंकमा पुगेको छ ।

१ सय ५५ कम्पनीका १० करोड ६० लाख बढी कित्ताशेयर तीन हजार ६ सय ३ पटकको कारोबारबाट २५ करोड ४३ लाख बढीमा खरिदबिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा भने शून्य दशमलब शून्य ३ अंकको सुधार भएको छ ।

बिहिबार कारोबार भएका ११ समूहमध्ये ७ वटा समूहको परिसूचक ओरालो लागेका छन । बिहिबार प्राइम कमर्सियल बैंकको संस्थापकको सबैभन्दा बढी ६ करोडको शेयर कारोबार भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);