पोखरा-मुग्लिन राजमार्ग विस्तारका लागि एडिबीले आर्थिक सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पोखरा-मुग्लिन राजमार्ग विस्तारका लागि एडिबीले आर्थिक सहयोग गर्ने

ADB-Asian-Development-Bank

काठमाडौं, १४ कात्तिक । एसियाली विकास बैंक (एडिबी) ले पोखरा-मुग्लिन राजमार्ग विस्तारका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

एडिबिले सडक चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको हो । २ लेनमा रहेको सो सडक खण्डलाई ४ लेनको सडक बनाउन सरकारको मात्रै ५ अर्ब ९० करोड लागानी गर्नुपर्ने सरकारी आँकडा छ । जसमा १९ करोड एडिबीको लगानी रहने छ ।

एडिबीको प्रधान कार्यालयले जारी गरेको विज्ञप्तीमा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले बैंकले उक्त ऋण रकम स्वीकृत गरेको जनाएको छ ।

भारत र बङ्गलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रुपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पु-याउन सजिलो मात्र नभई ढुवानी खर्चमा समेत कमी आउने विश्वास बैंकले लिएको छ ।

८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने आठ किलोमिटर आबुखैरनी–मुग्लिन खण्ड त्यसपछि निर्माण गरिनेछ । एडिबीका अनुसार आगामी पाँच वर्षभित्र उक्त राजमार्ग चार लेनको बनाइसक्ने लक्ष्य छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);