वीरगंज भन्सारको राजस्व असुलीमा कमी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वीरगंज भन्सारको राजस्व असुलीमा कमी

birjung

वीरगन्ज, १४ कात्तिक । चार्डपर्वको बेलामा वीरगंज भन्सारको राजस्व असुलीमा कमी आएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।

भन्सारको असुली गत वर्षको तुलनामा झण्डै १५ प्रतिसतले कमी आएको वीरगंज भन्सार अधिकृत मनिष महतोले जानकारी दिनु भयो ।

आर्थिक बर्ष २०७६/७७ को असोज मसान्तमा ५२ अर्ब ९७ करोड लक्ष्य रहेकोमा असुली ३८ अर्व ६२ करोड मात्र रहेको जस्मा लक्ष्यको अनुपातमा ७३ प्रतिशत मात्र संकलन भएको वीरगंज भन्सार अधिकृत महतोले जानकारी दिनु भयो ।

गत आर्थिक वर्षको तुलना गर्दा असुली १५ प्रतिशत कमी भएको हो । यो वर्ष सवारीमा राजस्व संकलनमा २५ प्रतिशतले कमी आएको छ भने पेट्रोलियम पदार्थमा आयात बढे पनि दर रेट घटेको कारणले गर्दा लगभग ३ प्रतिशतमा कमी आएको अधिकृत महतोले जानकारी दिनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);