कञ्चनपुर भन्सार कार्यालयको वार्षिक राजस्व असुली घट्ने चिन्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कञ्चनपुर, २ भदौ । भारतले लागू गरेको एकीकृत कर सेवामा भारतीय व्यापारी नै अभ्यस्त हुन नसक्दा नेपालतर्फको आयात प्रभावित भएको छ । आयात प्रभावित हुँदा राजस्व असुलीमा समेत कमी आएको कञ्चनपुर भन्सार कार्यालयले जनाएको छ ।

सीमावर्ती भारतीय बजार वनबासा लगायतका अन्य साना–ठूला सहरका व्यापारीले भारतमा लागू भएको जीएसटी बिल प्रणाली पूर्णरुपमा लागू नगर्दा नेपालतर्फको कारोबार प्रभावित भएको हो । भारतीय व्यापारीले नै जीएसटी बिल नदिँदा समस्या भएको व्यापारीहरु बताउँछन् ।

कञ्चनपुर भन्सार कार्यालयले पनि तयारी कम भएकाले भारतीय व्यापारी अन्यौलमा परेको जनाएको छ । बिलबिना आयात हुने सामान रोकिने भएकाले राजस्वसमेत प्रभावित छ । कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनमा एक करोड ६२ लाख राजस्व असुली भएकोमा चालू वर्षको साउनमा ९९ लाखमात्र राजस्व असुली भएको छ ।

जीएसटी बिल जारी गर्न भारतीय व्यापारीबाट निरन्तर कञ्जुस्याइँ भइरहे नेपालतर्फको आयात प्रभावित हुनुका साथै वार्षिक राजस्व असुलीसमेत प्रभावित हुने देखिन्छ । कञ्चनपुर भन्सार कार्यालयले चालू आर्थिक वर्षका लागि ३५ करोड राजस्व असुलीको लक्ष्य पाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);