पुँजीगत खर्च ६ वर्षयताकै धेरै | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

पुँजीगत खर्च ६ वर्षयताकै धेरै

tax

काठमाडौं, २ साउन । चालू आर्थिक वर्षमा राजस्व लक्ष्य पुर्याउन निकै कठिन देखिए पनि अन्तिम दुई साताले सरकारको लक्ष्य पूरा भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले जसरी पनि लक्ष्य पुर्याउन निर्देशन दिएपछि अर्थ मन्त्रालयले लक्ष्यभन्दा १ अर्ब ३१ करोड ७६ लाख ६ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ । सरकारले गत आर्थिक वर्ष ७ सय ३० अर्ब राजस्व असुलीको लक्ष्य राखेको थियो भने आर्थिक वर्षको अन्त्यसम्म ७ खर्ब ३१ अर्ब ३७ करोड ३१ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्षको अन्तिम दिन सोमबार १७ अर्ब ५ करोड ५२ लाख ४३ हजार रुपैयाँ संकलन भएको छ ।

अर्थमन्त्री डा खतिवडाले भ्याट असुलीमा उल्लेख्य सुधार भएका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन सम्भव भएको बताए । “भ्याट असुलीमा उल्लेख्य सुधार भएकोले लक्ष्यभन्दा बढी राजस्व असुली सम्भव भयो,” मन्त्री खतिवडाले भने । हालको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र हाल सरकारमै रहेको दल तत्कालीन माओवादीको नेतृत्वमा गठित संयुक्त सरकारले गत आर्थिक वर्ष कामचलाउ बजेट ल्याएकोले करका दरमा हेरफेर गरेको थिएन । जसले गर्दा अघिल्लो आर्थिक वर्षभन्दा २९.३ प्रतिशत बढी अर्थात ७ खर्ब ३० अर्बको राजस्व लक्ष्यलाई चुनौतिपूर्ण मानिएको थियो ।

फागुन १४ गते अर्थ मन्त्रालयको बागडोर सम्हालेका मन्त्री खतिवडाले भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालयलगायतका निकायको नेतृत्व परिवर्तन गरी कर असुलीमा कडा नीति अख्तियार गरेका कारण सरकारलाई राजस्व असुलीको लक्ष्य पूरा गर्न सहज भएको बताइएको छ । यद्यपि तीनै तहको निर्वाचनका कारण राजस्व प्रशासनले निर्धारण गरेको लक्ष्य आर्थिक वर्षको सुरुका १० महिनासम्म नभेटिएपछि मन्त्री खतिवडाले चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा ७ खर्ब २८ अर्ब ३५ करोड संकलन हुने अनुमान गरिएको बताएका थिए । उक्त अनुमानभन्दा बढी राजस्व संकलन हुनुमा जेठ १५ देखि बढाइएको भन्सार महशुल र अन्तशुल्कले समेत योगदान रहेको जानकारहरू बताउँछन् ।

राजस्व संकलन लक्ष्यभन्दा बढी भएकामा पुँजीगत बजेट पनि ७९.७४ प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अन्तिम दुई दिन ३९ अर्ब ७२ करोड खर्च गरी पुँजीगत बजेटको खर्च भएको हिस्सा ७९.७४ प्रतिशत पुगेको हो । सरकारले अर्धवार्षिक समीक्षामार्फत पुँजीगत बजेट ७१.२ प्रतिशत अर्थात २ खर्ब ३८ अर्ब ६४ करोड ५२ लाख रुपैयाँमात्र खर्च हुने अनुमान गरेको थियो ।

कार्यालयका सहमहालेखा नियन्त्रक जगन्नाथ देवकोटाले खर्च भएको पुँजीगत बजेटको राशी २ खर्ब ६७ अर्ब २५ करोडबाट अझै बढ्ने बताए । सरकारी निकायहरूले बिकास बजेट आर्थिक वर्षको ११ महिनासम्म दैनिक ४८ करोड रुपैयाँ मात्र खर्च गरेका थिए । तथ्यांकअनुसार सरकारले विकास निर्माणका लागि खर्च गरेको रकममध्ये १ खर्ब ५ अर्ब अर्थात ३१ प्रतिशत रकम असार महिना लागेपछि खर्च गरिएको हो । महालेखाको तथ्यांकअनुसार विगत ६ वर्षमा पुँजीगत बजेट औसतमा ७२ प्रतिशत मात्र खर्च भएको तथ्यांक छ । आजको कारोबार दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);