काठमाडौं, १४ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयास गरेको आरोप मद्दा दायर गरिएको छ ।
सरकारी वकीलको कार्यालय, काठमाडौंले निवर्तमान सभामुख महरामाथि संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा बिहीबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
नर्भिक अस्पतालमा उपचाररत महरालाई बिहीबार सरकार वकीलको कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरिएको छ । अव उहाँमाथि लगायएको अभियोगमाथि उनी पक्षका वकीलहरुले बहस गर्नेछन । बहस सकिएपछि महरा छुट्ने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्नेछ ।