प्रधानमन्त्री ओलीद्वारा तिहारको सबै नेपालीमा शुभकामना | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा तिहारको सबै नेपालीमा शुभकामना

pm oli

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताउनुभएको छ । तिहार अर्थात दिपावलीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पुजाआजा गरिने भएकोले यसले प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको उल्लेख गर्नुभएको छ । तिहारलाई उज्यालोको चाड, फूलको अथवा मिलनको चाडको रुपमा समेत लिन सकिने प्रधानमन्त्रीको भनाई छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले तिहारको उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुस्वास्थ्य, सुख–समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्कदै हुनुहुन्छ । असंलग्न आन्दोलन नाम राष्ट्रका राष्टाध्यक्ष र सरकार प्रमुखको शिखर सम्मेलन अजरबैजानको राजधानी बाकुमा शनिवार सम्पन्न भएको थियो ।