उत्तर कोरियामाथि राष्ट्रसंघको थप प्रतिबन्ध, अब के हुन्छ ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

काठमाडौँ, २७ भदौ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाउने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।प्योङयाङले हालै क्षेप्यास्त्र परीक्षण गरेकोले उसलाई दण्डित गर्न नयाँ प्रतिबन्ध लगाइएको सदस्य राष्ट्रहरुले बताएका छन्।

नयाँ प्रतिबन्धहरु प्योङयाङले आफ्नो पारमाणविक कार्यक्रमका लागि जुटाउने रकम तथा इन्धनप्रति लक्षित छ। संयुक्त राज्य अमेरिकाले तेलमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारे पनि सुरक्षा परिषद्ले उत्तर कोरियाले गर्ने कच्चा तेल आयातमाथि प्रतिबन्ध लगाएको छ। ‘कसैसँग नहार्ने परमाणु शक्ति सम्पन्न देश’

सुरक्षा परिषद्ले प्योङयाङको एउटा महत्त्वपूर्ण आम्दानीको स्रोतको रुपमा रहेको कपडाको निर्यातमाथि पनि प्रतिबन्ध लगाएको छ। संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूतले अन्तर्राष्ट्रिय समुदायको अपेक्षालाई गम्भीर रुपमा लिन र आफ्नो पारमाणविक कार्यक्रम रोक्न उत्तर कोरियालाई आग्रह गरेका छन्।

सन् २००६ यता सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्धका नौवटा प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ। यसअघि सोमबार उत्तर कोरियाले संयुक्त राष्ट्रसंघमार्फत आफूविरुद्ध कडा प्रतिबन्ध लगाउने दिशामा अमेरिका अघि बढिरहे उसलाई ‘ठूलो पीडा र दुःख’ दिने चेतावनी दिएको थियो।

उसले आफ्नो परमाणु विकासलाई उल्ट्याउन चाहने अमेरिका एउटा ‘रक्तपिपाश’ जनावरु भएको आरोप समेत लगाएको थियो। उत्तर कोरियाले केही दिनअघि मात्रै हाडड्रोजन बमको सफल परीक्षण गरेको बताएपछि उसमाथि कडा प्रतिबन्ध लगाउन अमेरिकाले सुरक्षा परिषद्‍मा प्रस्ताव गरेको थियो।

सुरक्षा परिषद्को चेतावनीका बावजुद उत्तर कोरियाले पछिल्लो समय क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिँदै आएको छ। गत महिना मात्रै प्योङयाङले परीक्षण गरेको एउटा लामो दूरीको क्षेप्यास्त्र जापानी आकाश हुँदै समुद्रमा खसेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);