पाल्पामा झिनिया रोटी बनाउन भ्याई नभ्याई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पाल्पामा झिनिया रोटी बनाउन भ्याई नभ्याई

jhiniya roti

पाल्पा, ७ कात्तिक । तिहार भन्ने वित्तिकै दाजुभाई तथा दिदी बहिनी बीचको सद्भाव, फुल तथा झिलिमिलि, साथै रोटी र मिठाईको पर्वको रुपमा पनि लिने गरिन्छ । यही पर्वलाई लक्षित गरेर पाल्पा जिल्लाका झिनिया रोटी बनाउनेहरुलाई भ्याई नभ्याई भएको छ । जिल्लाको ग्रामिण क्षेत्र देखि सहरसम्म झिनिया रोटी उत्पादन तथा बिक्री गर्ने परम्परागत पेशालाई निरन्तरता दिँदै आएका छन् ।

नेपालीहरुको दोश्रो महान् पर्व तिहारका लागि पाल्पामा झिनिया रोटी बनाउनेहरुलाई भ्याईनभ्याई छ । नेवार समुदायको पुजाआजाका समयमा अनिवार्य जस्तो भएको भएता पनि पछिल्लो समयमा सबै सम्प्रदाय तथा समुदायमा झिनिया रोटीको आकर्षण बढेको छ । यसका कारण झिनिया रोटीको व्यवसाय पनि फस्टाउँदै गएको छ ।

jhiniya roti1

तानसेनको टक्सारटोल, बगनासकाली गाउँपालिकाको पोखराथोक, माथागढी गाउँपालिकाको सराईमा व्यवसायिक रुपमा झिनीया रोटी बनाउने गर्दछन् । त्यहाँका छानाहरुमा अहिले रंगीचंगी झिनिया रोटी सुकाईराखेको देख्न सकिन्छ ।

प्रति रोटी ६० देखि ३ सय ५० रुपैंया सम्ममा विक्री हुने गरेको छ । बर्ष भरी नै उत्पादन गरिने भए पनि दशैँ र तिहार नै यसको मुख्य सिजन हो । सिजनको समयमा उत्पादन गरेकै ठाउँमा किन्न आउनेहरुको भिड लाग्ने गर्दछ । झिनिया रोटीको उत्पादनले मात्र बार्षिक ४ लाख सम्मको आम्दानी हुने व्यवसायीको भनाई छ ।

उद्योगको दृष्टीकोणले कुटीर उद्योग भित्र पर्ने भए पनि व्यवासायीहरुले उत्पादन गरेका झिनिया रोटी स्थानीयदेखि पाल्पा बाहिरका बजारसम्म खपत हुने गरेको र वार्षिकरुपमा ५० लाख भन्दा बढीको करोबार हुने गर्दछ । यस व्यवसायमा १ सय ५० भन्दा बढीको सहभागिता रहेको छ । अन्य पुजा तथा भाई टिका गर्दा रंगीचंगी झिनिया रोटीलाई प्रसादको रुपमा प्रयोग गरिने उपभोक्ताहरुको भनाई छ ।

कम लगानीमा बढी आम्दानी हुने भएकोले यो तयार गर्ने उद्यमीको संख्या बढ्दै गएको छ भने उत्पादित वस्तु स्थानीय बजारदेखि रुपन्देही, गुल्मी, स्याङजा, पोखरा सम्म निर्यात हुने गर्दछ ।

jhiniya rot2i

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);