रोटी खानु धेरै फाइदा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

रोटी खानु धेरै फाइदा

काठमाडौं,२२ मंसिर । गहुँको पिठोबाट बनेको रोटी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । रोटीमा फाइबर, प्रोटिन, भिटामिन र अन्य धेरै पोषक तत्व पाइन्छ। तसर्थ, तपाईंले आफ्नो आहारमा रोटीहरू समावेश गर्नुपर्छ। भातको तुलनामा रोटी बनाउन धेरै समय र मिहिनेत लाग्छ, त्यसैले धेरैले यसलाई बनाउन चाहादैनन् तर यदि तपाई शरीरको शक्ति बढाउन चाहनुहुन्छ भने रोटी खानु धेरै महत्त्वपूर्ण छ।

तपाईंले रोटीका फाइदाहरू बारे जान्नु भएको छ, तर यसमा पाइने पोषक तत्वहरूबाट शरीरलाई अधिकतम लाभ मिलोस् भन्ने सुनिश्चित गर्न, यसलाई सही तरिकाले तयार गर्नु धेरै महत्त्वपूर्ण छ। हामी मध्ये धेरैलाई रोटी बनाउने सही तरिका हो भन्ने थाहा छैन । डा. लवलीन कौर, जो एक आहारविज्ञानी हुन्, उनले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेकी छिन् र यसमा उनले रोटी बनाउँदा मानिसले सामान्यतया के कस्ता गल्ती गर्ने गर्छन, जसलाई हामीले भविष्यमा जोगिनै पर्छ भनी बताएकी छिन् ।

१. पहिलो गल्ती रोटी बनाउन बहु–दानाको पीठो प्रयोग नगर्नु हो । एक समयमा एक अनाज प्रयोग गर्नुहोस् । अर्थात् रागी, जौ वा ज्वार जस्तो जुन रोटी बनाउन चाहनुहुन्छ, त्यसमा अन्य पीठो मिसाउनु हुँदैन।

२. रोटी बनाउन नन–स्टिक प्यान प्रयोग नगर्नुहोस्, बरु यसलाई फलामको प्यानमा मात्र बनाउनुहोस्।

३. रोटी बनाउन, कम्तिमा १०–१५ मिनेटको लागि आटा हल्का मुछ्नुहोस्। यसका दुईवटा फाइदा छन्, एउटा यसमा राम्रो ब्याक्टेरियाको विकास हुन्छ र दोस्रो भनेको रोटी नरम हुन्छ ।

४. रोटी प्याक गर्न एल्युमिनियम पन्नीको सट्टा कपडा प्रयोग गर्नुहोस्। यसो गर्दा रोटी नरम रहन्छ र यसको पोषक तत्व पनि कायम रहन्छ।

Leave a Reply