बैतडीमा भएको डोजरकाण्डको प्रारम्भिक प्रतिवेदन सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

बैतडीमा भएको डोजरकाण्डको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

baitadi dozer kanda chanbin

बैतडी, ७ कात्तिक । बैतडीमा सोमबार सडक खन्ने क्रममा स्काभेटरले स्थानीयलाई हानेको घटनाकोे छानविनका लागि नेपाली कांग्रेसले गठन गरेको छानविन समितिले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । ७ जना स्थानीय घाइते हुने गरी भएको घटनाको सत्य तथ्य छानविनका लागि नेपाली कांग्रेस केन्द्रिय समितिले बहादुर सिंह थापाको संयोजकत्वमा छानविन समिति गठन गरेर बैतडी पठाएको थियो ।

घटनास्थलमा निरिक्षण गरेर बिहिबार सार्वजनिक गरिएको प्रारम्भिक प्रतिवेदनमा विना योजना काम अगाडी बढाउदा विवाद भएको र यस विवादले वडा तथा नगरपालिकालाई समस्या निम्त्याएको उल्लेख छ । ।

मंगलवारदेखि छानविन शुरु गरेको नेपाली कांग्रेसको छानविन टोलीले जमिन वाला पक्षहरुले चार दिनका लागि समय माग्दा पनि निर्माण समितिले मनोमानी हिसाबमा सडक निर्माण गर्न लाग्दा घटना भएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);