पेट्रोल खोज्दा ज्वाला जाला ! | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

पेट्रोल खोज्दा ज्वाला जाला !

petrol khani

काठमाडौं, ७ कात्तिक । खोला छेउमा वर्षौंदेखि ठाउँ–ठाउँ फुरुरु आगाको ज्वाला बलिरहन्थे । धार्मिक महत्त्वको पञ्चकोसी क्षेत्रमा स्थानीयले त्यसलाई भगवान्को लीला नै सम्झिए । आस्था राख्दै पुज्दै आएका थिए । उक्त ज्वाला निरन्तर बलिरहनुको वैज्ञानिक कारण जमिनमुनि पेट्रोलियम पदार्थ हुन सक्ने भन्दै खोजी सुरु भएपछि भने स्थानीयलाई चिन्ता छ– खोजीका कारण ज्वाला त निभ्दैन ।

नेपाल सरकारका लागि चिनियाँ पेट्रोलियम अन्वेषण टोली उक्त क्षेत्रमा पुगेको छ । कता–कता उत्खनन गरे पेट्रोलियम पदार्थको स्रोत फेला पर्छ भन्दै नापनक्साको काम भइरहेको छ । यस्तो खोजी थालिएपछि प्राचीनकालदेखि बलिरहेको ज्वालाबारे स्थानीयस्तरमा चिन्ता भएको हो ।

उक्त क्षेत्रका पण्डित तिलकप्रसाद रिजाल वैज्ञानिक विधिले खोजी गरिनु मुलुककै लागि हितकर भए पनि ज्वाला जोगाउनुपर्ने बताउँछन् । पञ्चकोसी क्षेत्र करिब ३ हजार वर्ष (१८७३ साल) देखि धार्मिक तथा पुरातात्त्विक महत्त्वको स्थलका रूपमा छ । ‘खोलामा निरन्तर बलिरहने ज्वाला यो ठाउँको प्रमुख आकर्षण हो,’ उनी भन्छन्, ‘जमिन मुन्तिर पेट्रोलियम पो छ कि भनेर खोज्नु ठीक हो तर ज्वालालाई कसरी जोगाउने भन्नेबारे पनि सोचिनुपर्छ ।’

ज्वालालाई जोगाइराख्न श्रीस्थान, नाभिस्थान र पादुका क्षेत्रबाट कम्तीमा ५ कोस टाढा अन्वेषणको काम गरिनुपर्ने उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);