कुकुरबाट बलात्कार गराइएको घटना छानबिन गर : आयोग | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

कुकुरबाट बलात्कार गराइएको घटना छानबिन गर : आयोग

Rastriya-manab-adhikar-aayog

काठमाडौं, ७ कात्तिक । नेपाली सैनिकले पक्राउ गरेपछि कुकुर लगाएर आफूमाथि बलात्कार गराएको भन्ने पीडित युवतीको बयानलाई गम्भीर रूपमा लिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । मानवअधिकार आयुक्त गोविन्द शर्मा पौडेलले यस किसिमको अपराध सोच्न पनि नसकिने उल्लेख गर्दै घटनाबारे अनुसन्धान हुनुपर्ने बताए । ‘यो जघन्य अपराध हो,’ उनले भने, ‘वर्षौंपछि बाहिर आएको भए पनि पीडितको भोगाइलाई पहिलेको कुरा भनेर बिर्सन मिल्दैन ।’

पीडितको उक्त खुलासाले सशस्त्र द्वन्द्वकालमा सेनाले युद्धबन्दीलाई यातना दिन पाशविक बलात्कारको प्रणालीबद्ध अभ्यास गर्थ्यो भन्ने सुराक मिलेकाले सत्यतथ्य पत्ता लगाउन जरुरी भएको पौडेलले बताए । ‘आयोगले यस सम्बन्धमा थप निर्णय छिट्टै गर्छ,’ उनले भने, ‘पीडितको बयानलाई राज्यले गम्भीरताका साथ लिएर खोजबिन गर्नुपर्छ । यस्ता घटना भएको पुष्टि भए संलग्न कसैलाई पनि छुट दिन मिल्दैन ।’

पीडितको बयान पढ्दा आफूले आँसु थाम्न नसकेको पौडेलले बताए । ‘बुद्ध जन्मेको देशमा यस्तो घटना कसरी भयो होला भनेर म रोएँ,’ आयुक्त पौडेलले भने, ‘१८ वर्षकी ती युवतीलाई कुकुर लगाएर बलात्कार गराइएको हो त्यो अत्यन्त निन्दनीय छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।