प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

२०८१,६,९

प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययाण्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ।उनीहरूबीच बुधबार राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो। भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए।

यसैबीच प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच पनि भेटवार्ता भएको छ।उनीहरूबीच राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो। भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए।

 

Leave a Reply

ताजा समाचार