दाइजोमा भालु र सर्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

दाइजोमा भालु र सर्प

daijoma bhalu ra sarpa

सिरहा, ३ कात्तिक । गाउँघरमा भालुको नाच देखाएर उनको गुजारा चलेको छ । सिरहा सुखिपुर–८ का ३० वर्षीय साविरको परिवारमा १० जना छन् । चटक देखाउने पेसा गर्न उनले भालु जंगलबाट समातेर ल्याएका होइनन् । बाजे हथियालाई बिहेमा ससुरालीले दाइजोमा भाले र पोथी भालु दिएका थिए । अहिलेको भालु तिनै जोडीको अन्तिम सन्तान हो ।

गाउँघरमा भालुको नाच देखाएर उनको गुजारा चलेको छ । सिरहा सुखिपुर–८ का ३० वर्षीय साविरको परिवारमा १० जना छन् । चटक देखाउने पेसा गर्न उनले भालु जंगलबाट समातेर ल्याएका होइनन् । बाजे हथियालाई बिहेमा ससुरालीले दाइजोमा भाले र पोथी भालु दिएका थिए । अहिलेको भालु तिनै जोडीको अन्तिम सन्तान हो ।

सिरहाको सारस्वर बस्ने हथियाको विवाह भारतको गोरखपुरमा भएको थियो । बजैले दाइजोमा दुईवटा भालु घरमा आफूसँगै भित्र्याएकी थिइन् । ‘त्यही भालु नचाएर बाजेले गुजारा चलाए,’ साविर भन्छन्, ‘त्यही भालेपोथीबाट जन्मिएका बच्चा बाजेले छोरीहरूका बिहेमा दाइजोमा दिए । छोराहरूलाई पनि भालु नै अंश दिए ।’ बाजेको शेषपछि अंशमा पाएको भालुबाट साविरका बुबा अबु मोहम्मद र काका फूल मोहम्मदले पुर्ख्यौली पेसा अँगाल्दै चटक देखाएर गुजारा चलाए ।

अबु मोहम्मदले पनि दिदीहरूका बिहेमा त्यही भालुको बच्चा दाइजो दिए । अबु वृद्ध भएपछि अहिले साविरले बाजेले दाइजोमा पाएको तिनै भालुको २७ औं सन्तानबाट गुजारा चलाउँदै आएका छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);