वीरगंजको मुख्य सडक फराकिलो पार्न दवाव दिन हस्ताक्षर अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वीरगंजको मुख्य सडक फराकिलो पार्न दवाव दिन हस्ताक्षर अभियान

birgunj sadak hastakshar abhiyan

वीरगंज,  २८ असोज । वीरगंजको मुख्य सडक चौडा गर्न चरणवद्ध आन्दोलन गर्दै आएको संघर्ष समितिले हस्ताक्षर अभियान संचालन गरेको छ । संर्घष समितिले वीरगंजको घण्टाघरबाट हस्ताक्षर अभियान सुरु गरेको हो ।

नेपाल सरकारको निर्णय अनुसार वीरगंजको मुख्य सडक २५–२५ मिटर फराकिलो पार्न दवाव दिन हस्ताक्षर अभियान सुरु गरिएको सघंर्ष समितिले जनाएको छ ।

हस्ताक्षर अभियानमा पर्साको छिपाहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता,विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु,उपाध्यक्ष किरण देवी लगायत धेरै स्थानीयहरुले हस्ताक्षर गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);