एनआरएनएको ९ औं विश्व सम्मेलन मंगलबार देखि काठमाडाैंमा हुने | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

एनआरएनएको ९ औं विश्व सम्मेलन मंगलबार देखि काठमाडाैंमा हुने

काठमाडाैं, २७ असाेज । गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन मंगलबार देखि राजधानी काठमाडाैंमा हुने भएको छ । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ९ औं विश्व सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।

सम्मेलनमा ८१ मुलुकका गैह्र आवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागी समेत गरि २ हजर ५ सय बढीको सहभागीता रहने संघले जनाएको छ । सम्मेलनले संघको नयाँ नेतृत्व पनि चयन गर्दैछ ।

“म, मेरो एनआरएनए र मेरो नेपाल” भन्ने मूल विषयमा आधारित भएर हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने संघले जनाएको छ ।

यसैबीच संघले बालुवाटारस्थित भवन निर्माणका लागि खरिद गरिएको जग्गामा सर्वसाधरण नेपालीहरु जस्तै गैह्र आवासिय नेपालीहरु ठगिएको बताएको छ । पत्रकार सम्मेलनमा संघका महासचिव बद्री केसीले राज्य संयन्त्रलाई विश्वास गर्दा आफुहरु ठगिएको बताउनुभएको हो ।

विदेशमा बस्ने भएकाले नेपालका कानुनबारे धेरै जानकार नरहेको भन्दै उहाँले संघको आफ्नै भवन बनाउने उद्देश्यले सन् २०११ मा संघको भवन निर्माणका लागि जग्गा खरिद गरेको र सो क्रममा नेपाल सरकारले ५० लाख भन्दा बढी मिनाहा दिएको पनि जानकारी दिनुभयो ।

तर जग्गा खरिद गर्ने क्रममा आफुहरु ठगिएको गुनासो उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “जसरी सर्वसाधरण जनताहरु ठगिन्छन् त्यसैगरी आज नेपालमा गैह् आवासीय नेपाली संघ ठगिएको कुरा यहाँहरुलाई भन्न चाहन्छु ।

राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन असोज २८ देखि ३० गते सम्म चल्ने छ । सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरु समेट्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);